वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं: सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।