अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त

नयाँ दिल्ली : बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर बनेका छन् । सोमबार देहरादुनमा उनले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेट गरेका थिए । सो क्रममा मुख्यमन्त्री धामीले पहाडी टोपी लगाएर अक्षय कुमारलाई फूल दिएका थिए ।

सीएम धामीले ट्वीट गरे, ‘आज प्रख्यात अभिनेता, युवाहरूको प्रेरणा र मेरो साथी श्री अक्षय कुमार जीलाई मुख्यमन्त्री निवासमा स्वागत र अभिवादन गरियो। अक्षय कुमार जीले राज्यका युवाहरूलाई उत्प्रेरित गर्न सरकारले चालेका कदमहरूको प्रशंसा गरे र सबै सम्भव सहयोगको आश्वासन दिए।’

समाचार एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह धामीले आफूहरुले अक्षय कुमारलाई अफर गरेको र उनले उत्तराखण्डको ब्रान्ड एम्बेसडरको रूपमा काम गर्न स्वीकार गरेको बताएका छन्।
अहिले अक्षय आफ्नो आगामी फिल्मको सुटिङ उत्तराखण्डको मसुरीमा गरिरहेका छन् ।

सोमबार सामाजिक सञ्जालमा मसुरीको एउटा भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘प्रेममा हुनु भनेको अरु के हुन्छ ? उत्तराखण्डलाई कुनै कारणले देवभूमि भनिन्छ। मैले संसारका धेरै राम्रा ठाउँहरूमा सुटिङ गरेको छु तर मसुरी फरक छ। लाखौ भेटिए, तिमि जस्तो कोहि भेटिएन। ,