प्रियंका कार्कीकी छोरीलाई क्वीन सिलुले दिइन् सुनको रिङ उपहार

अभिनेत्री प्रियंका कार्कीले संचालन गर्ने सिरिज ‘चप चप डायरिज’ उनका प्रशंसकमाझ लोकप्रिय छ । उनी नयाँ गेस्टलाई बोलाएर कार्यक्रममा अन्तर्वार्ता लिन्छिन् ।

केही महिना रोकिएको उनको यो युट्युव सिरिज पुनः संचालनमा आउन थालेको छ । ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती गोल्डीको जोडी ‘चप चप डायरिज’को यो सिरिजका गेस्ट बने ।

प्रियंकाले छोरी आयंकालाई जन्म दिएपछि ‘चप चप डायरिज’की पहिलो गेस्ट हुन् सिलु र किरण । जसले गर्दा पनि यो सिरिज रोचक हुने भै हाल्यो । उक्त कार्यक्रममा प्रियंकाको घरमै पुगेकी सिलुले आयंकालाई भेटेर कानमा लगाउने सुनको रिङ उपहार

दिएकी छिन् । सिलुले छोरीलाई सुनको रिङ गिफ्ट दिएपछि प्रियंकाले लेखेकी छिन्, ‘आयंकाको इयररिङ बदल्ने बेला पनि हो यो । एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ ।’

सिलुले पनि प्रियंकालाई भेटेर आफ्ना भावना सुनाउन पाएकोमा खुशि व्यक्त गरेकी छिन् । उनीहरुको भिडियो भाइरल नै बनिरहेको छ ।