सांसद बानियामाथि लाग्यो ब’लात्कारको आरोप

काठमाडौं । सांसद मोहन बानियाँमाथि ब’लात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले ब’लात्कारको आरोप लगाएकी हुन् ।

ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब’लात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले ब’लात्कार गरेको आरोप लागाइएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध ब’लात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध ब’लात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।

त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ ।