नेपालबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो

काठमाडौँ । क्यानडा अध्यागमनले नेपालबाट क्यानडा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुलाई उल्लेखनीय रुपमा अध्ययन भिसा दिन थालेपछि क्यानडा जाने विद्यार्थीहरुको संख्या बढेको छ । कोरोना महामारीका कारण क्यानडाले अध्ययन भिसाका लागि निर्णय दिन लामो समय लगाएपनि पछिल्लो समय अध्ययन भिसा दिन सुरु गरेको गोरेटो कन्सल्टेन्सी नयाँ बानेश्वरका काउन्सेलर धीरज कँडेलले जानकारी दिएका छन् ।

२०२१ मा गोरेटो कन्सल्टेन्शीबाट क्यानडा अध्यागमनमा अध्ययन भिसाको आवेदन दिएका विद्यार्थीहरुमध्ये ९० प्रतिशतले क्यानडा अध्ययन अनुमति प्राप्त गरेका थिए । तर, २०२२ को प्रारम्भमा उक्त संख्या घटेर ८५ प्रतिशतमा झरेको काउन्सेलर कँडेलले आफ्नो तथ्यांक प्रस्तुत गरेका छन् । फेब्रुअरी १२ अगाडि धेरै अध्ययन भिसा आवेदनहरुको छोटो समयमै सकरात्मक निर्णय आएको तर, फेब्रुअरी १२ देखि २५ सम्मको समयावधिमा भने

क्यानडा अध्यागमनले भिसा नीति पुनरावलोकन गरेको छ । त्यसपछिका केही आवेदनहरुमा अध्ययन अनुरुपको काम र प्रोगाम छनौटको प्रेरणा कमजोरी देखाइ अध्ययन भिसा अस्वीकृत गरेको गोरेटोका काउन्सेलर सतिश भट्टले बताउँछन् । अहिले चलिरहेको युक्रेन–रसिया युद्धका कारण लाखौंको संख्यामा युक्रेनबाट शरणार्थीहरु क्यानडा प्रवेश गरिरहेका कारण पनि क्यानडा अध्यागमनले अध्ययन भिसाको आवेदन निर्णय दिन समय लगाएको

देखिएको छ । क्यानडा अध्यागमन न्यू दिल्लीले भर्खर जनवरी र मे को शैक्षिक सत्रमा परेका आवेदनहरुको निर्णय दिइसकेको छ, भने सेप्टेम्बर २०२२ सत्रका लागि अब केही सातामा भिसा निर्णय दिन सुरु गर्ने काउन्सेलर भट्टले दाबी गरे । पछिल्लो समय क्यानडाले अध्ययन भिसामा लचकता देखाएपछि क्यानडाका सामुदयिक कलेज र विश्व विद्यालयहरुमा धेरै आवेदनहरु परेको कारण शैक्षिक सत्र सेप्टेम्बर २०२२ का लागि अधिकांश लोकप्रिय

प्रोग्रामहरुमा भर्ना बन्द हुन थालेको गोरेटो कन्सल्टेन्सीका वरिस्ठ काउन्सेलर प्रकाश रेग्मीले जानकारी दिए । अब अंग्रेजी प्रविणता परीक्षाको आईएलटीएस र पीटीई स्कोर लिएर बसेका विद्यार्थीहरुले यथाशीघ्र सेप्टेम्बर २०२२ शैक्षिक सत्रका लागि आवेदन दिनुपर्ने काउन्सेलर प्रकाश रेग्मीको भनाइ छ । नेपालबाट क्यानडा अध्ययन गर्ने तयारी गरिरहेका प्लस २ उतिर्ण गरेका विद्यार्थीहरुले आफ्नो आर्थिक अवस्था राम्रो भएकाहरुले ब्याचलर प्रोग्राम चयन गर्न

सक्ने काउन्सेलर प्रकाशले जानकारी दिए । त्यस्तै आर्थिक अवस्था सामन्य भएकाले डिप्लोमा प्रोग्रामका लागि जानसक्ने काउन्सेलर प्रकाशको भनाइ छ । त्यस्तै नेपालबाट स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुले क्यानडामा मास्टर डिग्री तथा आफूलाई मन पर्ने विषयमा पोस्ट ग्य्राजुएट डिग्री अध्ययन गर्नसक्ने पनि रेग्मीले जानकारी गराए ।