
रसुवा– मोटरसाइकल दुर्घटनामा परेर रसुवामा २ जनाको मृ‘त्यु भएको छ। स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई बधाई दिन जाने क्रममा दुर्घटनामा परेर २ जनाको मृ‘त्यु भएको हो।
दुर्घटनामा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए।
उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृ‘त्यु भएको हो।