एमालेको विजयी र्‍यालीमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृ’त्यु

खलंगा– नेकपा एमाले दार्चुलाको विजय र्‍यालीमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृ’त्यु भएको छ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

बिहान साढे ९ बजे गाडी दुर्घटना भएको हो। मृ’त्यु हुनेमा शैल्यशिखर ६ ग्वानी बस्ने वर्ष २३ का चालक प्रकाश धामी, सहचालक २२ वर्षीय नविनसिंह धामी र गाडीमा सवार १९ वर्षीय हरिशसिंह धामी रहेका छन्।

उनीहरुको घटनास्थलमै मृ’त्यु भएको हो। माइक्रो बस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो।