सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।