कान्स रेडकार्पेटमा अभिनेत्री सुरक्षा पन्त(फोटोहरू)

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् ।

उनी अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ गएराति प्रिमियर भएको छ । मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने यो दोस्रो फिल्म हो ।

निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए । रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन् ।

कान्समा भाग लिनैको लागि सुरक्षा हिजो दिउँसो इटालीको रोम हुँदै फ्रान्स पुगेकी थिइन् । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ ।