अरुमा होला, शव्दले घोचेकोमा ‘फर्गेट एस्टर्डे’ लागु हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।
साहित्यकार मीना श्रेष्ठको दोस्रो कृति ‘फर्गेट एस्टर्डे’ लोकार्पण समारोहलाई आइतवार सम्बोधन गर्न ओली देखिएका हुन्।

उनले त्यसक्रममा जुनसुकै जनराका गीत गाए पनि कला चाहिने बताए। ‘र्‍याप गाए पनि झ्याप गाए पनि त्यहाँ कला त चाहियो’, उनले भने, ‘कलाबिनाको कुनै गीत संगीतको अर्थ हुँदैन।’उनले भालाले छेडेको उपचार हुने तर शब्दवाणले घोचेको उपचार नहुने बताए।

‘भालाले छेडेको उपचार हुन्छ तर शब्दवाणले घोचेको घाउका लागि लागु हुँदैन’, उनले पुस्तकबारे चर्चा गर्दै भने, ‘अरु कुराका लागि लागु होला तर शब्दवाणले घोचेकोमा ‘फर्गेट एस्टर्डे’ लागु हुँदैन।”फर्गेट एस्टर्डे’ खासगरी तत्कालीन सभामुख कृष्णबहादुर महराका कारण चर्चामा आएको थियो।

आफू जोडिएको भनिएको एउटा प्रकरणकी पीडित भनिएकी महिलालाई उनले विगतमा जे भयो भयो बिर्सिन आग्रह गर्दै ‘फर्गेट एस्टर्डे’ भनेपछि यो शब्द नेपालमा चर्चित भएको थियो।