
टेक्सास, अमेरिकास्थित टेक्सास राज्यको एक स्कुलमा एक १८ वर्षका युवकले गोली चलाउँदा करिब १५ जनाको मृत्यु भएको छ ।
अस्टिन टाईम बिहान करिब ११:३० तिर ति १८ वर्षका रामोस नाम गरेका साल्भाडोरियन युवक गन सहित स्कुलमा पसेर ग्रेड दुई र चारका विद्यार्थीबीच हेन्डगनद्वारा अन्धाधुन्धु गोली चलाएका थिए ।

टेक्सास राज्यको उभाल्डमा अवस्थित रोब एलमेन्टरी स्कुलमा भएको उक्त घटनामा १४ बिद्यार्थीसहित एक जना शिक्षकले ज्यान गुमाएको गभर्नर जर्ज अबोटले जनाएका छन् ।

१० जनाको ज्यान लिनेगरी केहि दिन अघि न्यु योर्कस्थित बफेलो सुपरमार्केटको गोलीकाण्ड नसेलाउँदै अर्को दर्दनाक गोलिकाण्ड घटेको छ । अमेरिकामा बन्दुक आतंक झन भन्दा झन जर्जर बन्दै गइरहेको छ ।
सम्भवत स्कुलमा भएको यो अटयाक २०१२ मा न्युटाउनमा २० बिद्यार्थीको ज्यान लिनेगरी भएको घटना यताको ठुलो घटना भएको अधिकारीहरुले बताएका छन् ।

घटनामा संलग्न युवकको पनि मृत्यु भएको अबोटले पत्रकार सम्मेलनमा बताएका छन घटनाको विश्वभरबाट बिरोध भैरहेको छ ।आज ०८:१५ बजे (इस्टर्न टाईम) अमेरिकी राष्ट्रपति जो वाइडेनले उक्त घटनालाई सम्बोधन गर्ने जनाईएको छ ।