मत जित्न सकिन, महानगरवासीको मन जितेँ : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरको मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले बधाइ दिएकी छन् ।

बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिएकी हुन् । साथै उनले आफूलाई अमूल्य मत दिएको भन्दै आफ्ना मतदाताहरुलाई धन्यवादसमेत ज्ञापन गरेकी छन् ।
उनले मतदाताहरुले विजयी हुने गरी निश्चय नै मत जित्न नसकेको तर नगरवासी सबैको मन जितेको दावी गरिन् ।

आफूले लोकतान्त्रिक अभ्यासको सम्मान गर्ने र परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने उनले जनाएकी छन् । मेयरमा निर्वाचित बालेनलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धतासमे व्यक्त गरेकी छन् । काँगेस नेतृ सिर्जनालाई पाँचदलीय गठबन्धनले साझा उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा

उम्मेदवार उठाएका थिए । उनले दोस्रो स्थान बनाएकी छन् ।
नेकपा (एमाले)का मेयरका उम्मेदवार केशव स्थापितले भने तेस्रो स्थान बनाएका छन् ।