मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ

झापा । झापा प्रहरीले झण्डै दुई साताको अपरेशनमा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ।

यसअघि दुले चोरमा पक्राउ परेकाहरु नै मोटरसाइकल चोरीमा संलग्न भएको बिर्तामोडका डीएसपी रुगम बहादुर कुवरले जानकारी दिए । दुले चोरभन्दा माथ्लो स्टेपमा उनीहरुको गतिविधि गरेको प्रहरीको भनाइ छ । मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड ५ बस्ने १८ वर्षीय करण मण्डल, वडा नं. ३ बस्ने १९ वर्षीय कुमार

राजवंशी, अर्जुनधारा ८ बस्ने १८ वर्षीय समिर मियाँ, आहिल ग्यारेजका संचालक सप्तरी टिकुली ५ बस्ने १७ वर्षीय करण महमद, गौरीगञ्ज ५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुली बस्ने १८ वर्षीय राहुल श्रेष्ठ र १४,१५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरिएको डिएसपी कुँवरले जानकारी दिए ।

प्रहरीमा मोटरसाइल चोरी भएको उजुरी बढ्न थालेपछि अपशरेन शुरु गरिएको थियो । प्रहरीले जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद गरेको थियो ।

त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । १२ मोसामध्ये १ थान इलामबाट र १ थान बुधबारेबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा ३० सेकेन्डमा मोटरसाइकल चोरी गर्न सक्ने युवाहरु पक्राउ गरिएको छ । विर्तामोडमा डिएसपी भन्छन्, ‘डेमो गराउँदा ३० सेकेन्डमा मोटरसाइकल स्टार्ट गरे । केहि वर्ष अघिसम्म दिउँसो मोटरसाइकल चोरी हुन्थ्यो, अहिले राती १२ देखि ४ बजेसम्म चोरी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’

उनले थपे, ‘चोरी भएका मोटरसाइकलमध्ये ७ वटा पुष्टि भइसकेको छ । २ जना सवारी धनी नै आइसक्नु भयो ।’ प्रहरीले प्र.१–०१–०१४प ९३१९, मे ६ प ७६३९, प्र.१–०१–०१२ प २७५, नम्बर प्लेट नटाँसेको एउटा, मे ७ प ७६४३, मे १ प ७९४, मे ६ प ६४५१, मे ११ प ५२३७, मे प ७६३९, मे ९ प

७३४६, मे ५ प ७१५०, मे४ प ४०६२ नम्बरका मोटरसाइकल बरामद गरेका छन् ।