यस्तो छ काठमाण्डौं आउँदा जाँदा पृथ्वी राजमार्गबाट देखिने अनौठो घरको वास्तविकता (भिडियो)

काठमाडौँ । राजधानी भित्रन होस् वा बाहिरीन सबैभन्दा व्यस्त मार्ग हो, पृथ्वी राजमार्ग । दिन होस् या रात, यो राजमार्गले कहिल्यै फुर्सद पाउँदैन। किनकी हरेक दिन हजारौं सवारी साधन अनि लाखौं यात्रु यही सडक प्रयोग गर्छन् ।

कुरा राजमार्गको होइन, यो राजमार्ग भएर यात्रा गर्दा देखिने थाक्रे गाउँपालिकाको केवलपुरमा रहेको एउटा घरको हो । नौबिसेबाट ५ किलोमिटर पर कृष्ण मन्दिरको ठ्याक्कै पारीपटी वरिपरी हरियो वन, पाखामै देखिन्छ चिटिक्कको भवन, हेर्दै थाहा हुन्छ त्यो भवनमा खर्चिएको छ ठूलो धन।

मुग्लिनतर्फ जाँदै गर्दा यो एक्लो घर हेर्दिन भन्दा पनि जो कोहीको आँखा पुग्छ । किनकी यो घरको स्वरुप नेपालमा देखिँदै आएको घरहरुको भन्दा अलग्गै छ । राजमार्गको पारीपट्टी, गतिलो सडक पनि नपुगेको ठाउँमा किन, कसरी र कसले बनायो होला त यति सुन्दर घर ? कौतुहलता मेटाउन र वास्तविकता बुझ्न भिडियो हेर्नुहोस्: