
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ ।
अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
राष्टिय परीक्षा बोर्डले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको जनाएको छ ।