चिन्ता लिनुहुन्छ ? यो पढ्नुस, तपाईले कहिल्यै चिन्ता लिनुुहुन्न !

काठमाडौँ। युवाको मन चञ्चल हुन्छ । उनीहरु जव बाटोमा हिँड्छन् रुखका हाँगाहरु भेट्छन् अनि उनिहरु उफ्रेर त्यसको पात तथा डाली नै लुच्दछन् किनभने तिनीहरुको मन नै चञ्चल हुन्छ, त्यसैले सफलताको लागि चञ्चल मनले सहयोग गर्दैन, अतः जस्को मन चञ्चल हुन्छ उ सफलताबाट छिट्टै चिप्लिन्छ । अनि टेन्सन सुरु हुन्छ ।

हामीले जुन साथीलाई असल भन्छौं भोलि त्यही साथीले हाम्रो दुःख, अप्ठ्यारो पिडालाई रुखमा बसेर हेर्दछ हेर्नु सिवाय उस्ले केहि गर्न पनि सक्दैन । के तपाई मर्नुभयो भने तपाईको असल साथी मर्छ वा तपाईको असल साथी म¥यो भने तपाई मर्नुहुन्छ ? होइन हामी एक्लै मर्नु पर्दछ ।

हाम्रो जीवन एक्लो छ । समाजमा हामी जोसँग बसेका छौं त्यहि हाम्रो सत्रु हुनसक्छ । असल साथी भनेर जस्को विश्वास गरेका छौं । त्यसैले हाम्रो जिवनमा घात गर्न सक्छ । विश्वास त सबैसँग गर्नुहोस् । हिड्न पनि सबैसँग हिड्नुहोस् ।

तर जीवनमा म एक्लो छु मेरो दुःख म मात्र हो भन्ने बुझ्नुहोस् ।दिल खोलेर अरुको सहयोग गरौं तर अरुबाट सहयोगको आशा भने कहिल्यै नराखौं । आशा नगरेपछि भए पनि ठिकै छ नभए पनि ठिकै छ । तर आशा गरियो र भएन भने बडो टेन्सन हुन्छ जिन्दगीमा । टेन्सनबाट टाढा रहनलाई आशा गर्नुहोस् तर भर नपर्नुहोस ।