
नयाँदिल्ली। समाचार संकलन गर्न गएका एक पत्रकारलाई कुटपिट गरेको आरोपमा जीआरपी एसएचओ राकेश कुमार र कन्स्टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । पत्रकारलाई कुटपिटका साथै उनको मुखमै पिसाव फेरिएको आरोप लागेको छ ।
भारतको उत्तर प्रदेश शामली जिल्लामा पटरी भन्दा उतरमा रहेको मालगाडीको समाचार संकलन गर्न गएका एक पत्रकारले आफूमाथि अन्याय भएको जनाएका हुन् । यूपीको डीजीपी ओपी सिंहका अनुसार आरोपी पुलिस विरुद्ध अझ कठोर कारबाही हुने बचन दिएका छन् ।
श्रोत अनुसार तिनीहरुमाथि थप छानविन गरेर दोषी पाइएमा तत्कालै बर्खास्त सम्म गर्ने तयारी भइरहेको बताइएको छ । पुलिसकर्मीहरुमाथि आरोप छ कि उनीहरुले पत्रकार अमित शर्माका साथ अमानवीय व्यवहार गरे ।
अघिल्लो बुधवार विहान पत्रकारहरुले आरोपी अधिकारीहरु विरुद्ध प्रदर्शन समेत गरेका थिए । पिडित पत्रकार अमित शर्माले उनीविरुद्ध पहिले प्रहरीले कुटपिट गरे र त्यसपछि हिरासतमा लिएका थिए । पत्रकार शर्मालाई नाङ्गो पारेर मुखमा पिसाव गरिदिएको आरोप पुलिसमाथि लागेको छ ।
जुनबेला ती प्रहरीहरु बर्दीमै थिए ।उक्त विषयलाई लिएर भारतमा सामाजिक संञ्जालमा भाइरल बनेको छ । पक्ष विपक्षमा टिका टिप्पणीहरु आएका छन् । उनीसँग क्यामेरा खोस्न लाग्दा क्यामेरा भुईंमा खस्यो । त्यो क्यामेरा टिप्नको लागि निहुरिएको बेलामा एक प्रहरीले पिट्न सुरु गरे। उनी विरुद्ध भद्दा गाली समेत गरिएको पत्रकारले आरोप लगाएको छ । रेलवेको एक समाचार लेखेको आधारमा उनी विरुद्ध प्रहरीहरु आक्रोशित भएको पाइएको छ ।