कृषकहरुसँग भलाकुसारी गर्दै प्रचण्ड गर्मीमा मेयरले मेसिन लिएर आफैँ धान रोप्न थालेपछी…

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो बुधबार प्रचण्ड गर्मी, हिलाम्मे खेतमा मेसिनबाट धान रोप्दै गरेको अबस्थमा देखिए । उर्लाबारी ९ रानाटोलमा कृषकहरुसँग भलाकुसारी गर्दै उनी खेतमा आफैं मेसिन चलाएर धानको विउ रोप्दै थिए ।

उर्लाबारी नगरपालिकाले कृषकहरुलाई उपलब्ध गराएको धानको विउ रोप्ने मेसिन मेयर फागोले आफैं परिक्षण गरेका हुन् । अव उर्लाबारीमा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु भएको छ । आर्थिक बर्ष २०७५/७६ का लागि ७० लाख बराबरको बिभिन्न कृषिका समाग्रीहरु कृषकलाई सहयोग गरेको थियो ।

मेयर फागोले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रुपान्तरण गर्न नगरपालिकाले कृषकलाई सहयोग गर्दै आएको बताउनुभयो । उर्लाबारीमा कृषि क्षेत्रको सहयोग प्रभावकारी भएको बताउदै कृषकहरुले उब्जनीमा समेत विगतको तुलनामा प्रगती गरेको बताउनुभयो ।