‘धुर्मुस सुन्तलीको काम मनोरञ्जन दिने हो, रंगशाला बनाउने होइन’ – किशोर नेपाल

काठमाडौँ। वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् । एक यूट्युब च्यानलसंगको कुराकानीमा उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने काम गरेको बताएका छन् ।

चितवनमा रंगशाला बनाउन गएका धुर्मुस सुन्तलीले चितवनकै बासिन्दाहरुलाई धम्काउने र गाली गर्ने शैली नकारात्मक भएको टिप्पणी समेत गरेका छन् । उनले चन्दा उठाएर समाजसेवा पनि गर्न नसकिने बताएका छन् । धुर्मुस सुन्तलीले आफ्नो क्षमताअनुसारको काम गर्नुपर्ने भन्दै नेपालले ३ अर्बको रंगशाला निर्माण कुनै मजाकको विषय नभएको बताएका छन् ।

नेपालका विभिन्न क्षेत्रहरुमा धुर्मुस सुन्तलीले गरेको नमुना बस्ती निर्माणको कामलाई पनि सामान्य रुपमा हेरेको पत्रकार नेपालले बताएका छन् । दुनिया संग चन्दा उठाएर जसले पनि बनाउन सक्ने भन्दै नेपालले यसलाई कुनै ठुलो कामको रुपमा नलिएको बताए ।

नेपालले धुर्मुस सुन्तलीलाई भिखारीको संज्ञा समेत दिएका छन् । ‘भाँडो जोगीले बोकेको जस्तो बोक्ने अनि संसारभरी माग्न जाने भिखारीले जसरी’ उनले भने, ‘मागेर समाजसेवा गरिँदैन ।’ उनले धुर्मुस सुन्तलीले पारदर्शीता समेत नदेखाएको आरोप लगाएका छन् । ‘पारदर्शीता भनेको ऐनामा हेर्नु हो ?’ उनले प्रश्न गरे ।

धुर्मुस सुन्तलीबाट आफुलाई शुरुवात देखि नै विश्वास नभएको समेत बताएका छन् । भुकम्प पिडितका लागि घर बनाउने सम्मको काम सह्रानीय भएको तर रंगशाला निर्माण गर्ने काम निकै हावादारि र महत्वकांक्षायुक्त भएको ख्ुलाएका छन् । ‘गर्नै नसक्ने काम गरेपछि रोएर हिँडनुपरेको बताउँदै उनले धुर्मुस सुन्तलीको काम रंगशाला निर्माण गर्ने नभएर जनतालाई मनोरञ्जन दिने हो । फेरि टेलिभिजनमा फर्किएर जनतालाई हसाउनु ठिक हुन्छ’ उनले भने ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले पनि हचुवाका भरमा धुर्मुस सुन्तलीलाई रंगशाला निर्माण गर्न स्वीकृती दिएको बताएका छन् । केपी ओली र प्रचण्डलाई धुर्मुस सुन्तलीले नमस्कार गरेपछि रेणु दाहालले क्षमतालाई नहेरि ठाडै स्वीकृत दिएको आरोप लगाएका छन् । धुर्मुस सुन्तलीलाई सुझाव दिँदै पत्रकार नेपालले भने, ‘ अवदेखि यस्तो वाइयात काम नगर्नुहोला, नहुने र नसक्ने काम नगर्नुहोला