बाहुबलीका हिरो प्रभाश र सलमान सँगै फिल्ममा

काठमाडौं। चर्चित फिल्म ‘बाहुबली’का अभिनेता प्रभासको आगामी फिल्म ‘साहो’को चर्चा हुन थालेको छ। यो खबर अभिनेता सलमान खानका फ्यानहरुलाई पनि खुसी दिने खालको छ। एक्सन ड्रामा बेसको प्रभासको यो फिल्ममा सलमान खानले पनि अभिनय गर्दैछन्। फिल्म निर्माताहरुले बलिउड फिल्मका हस्ति खानलाई अतिथि कलाकारको रुपमा प्रस्ताव गरेका छन्।

फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मको लुक, पोस्टर र टिजरसमेत रिलिज गरिसकिएको छ। यदि सलमान अतिथि कलाकारका रुपमा फिल्ममा जोडिन माने भने उनको भागको सुटिङ गरि थप गरिनेछ। सुत्रका अनुसार उक्त फिल्ममा निल नीतिन मुकेशले मुख्य भूमिका निभाउँदै छन्। उनी फिल्मको खलपात्रको रुपमा देखिने छन्।

निलले नै निर्माताहरुलाई फिल्ममा सलमान खानलाई समावेस गर्न सुझाव दिएका थिए। निल सलमान खानको निकै नजिक रहेका बलिउड कलाकार मानिन्छन्। उनीहरुले ‘प्रेम रतन धन पायो’मा सँगै काम गरेका थिए। यस फिल्ममा पनि निलले खलनायकको भूमिका निभाएका थिए।