हाइड्रोपावरले ड्याम खोल्दा विपनाको मृत्यु

धादिङ। आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका रनीलकण्ठ नगरपालिकाको सिमानामा पर्नेटारीबेँसी नजिकै दाङ घरभएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो ।

खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् । लुगाधुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ काठमाडौँ स्थित विनायक अस्पतालमा अध्ययनरत विपना‘प्राक्टिकल’कालागिसल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन् ।

कलेजबाट उनी‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्रमा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भनेस्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए ।