
काठमाडौं। चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्।
पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन्।
अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो।