विनाजानकारी हाइड्रोपावरको ड्याम खोल्दा अकालमै ज्यान गुमाइन्

काठमाडौ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।

बेपत्ता भएको विपना भुसालको लाश भेटिएको खबर प्राप्त भएको छ । स्थायी घर दाङ भइ काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत १९ वर्षिया विपना भुसाललाई खोलाले बगाएको हो । लुगा धुन र नुहाउन भनी उनी दिउँसो खोलामा गएकी थिइन् ।

अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी विपना आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए ।

तर आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।