छानोमा ट्रिपर खस्दा सुतिरहेकी महिलाको मृत्यु

काठमाडौं । नुवाकोटमा मध्यराति घरमाथि ट्रिपर खस्दा एकजनाको मृत्यु भएको छ ।

ककनी गाउँपालिका–४ स्थित सडकमा बा २ क ६३६३ नम्बरको ट्रिपर सडकबाट करिब ३ सयमिटर तल खसेर घरको छानामा सुतिरहेकी महिलाको मृत्यु भएको हो ।

घरको छानोमा ट्रिपर खसेर गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको काठमाडौंको ग्राण्डी अस्पताल उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।