‘सयौ बर्ष जरा गाडेर बसेको राजतन्त्र फालियो, नेताहरुको दिमागबाट पितृसत्ता फालन सकिएन’

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफ्ले राजतन्त्र ढाल्नभन्दा पितृसत्ता ढाल्न गाह्रो भएको प्रतिक्रिया दिएकी छिन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुलाई सभामुख नबनाए उपसभामुखबाट राजीनामा नदिने अडान सुनाएकी तुम्बाहाङफ्ले ठुला दल र ठुला नेतामा पृतिशतात्मक सोच रहेको बताइन ।

‘सयौ बर्ष जरा गाडेर बसेको राजतन्त्र फालियो तर दलका नेताहरुको दिमागबाट पितृसत्ताको सोच फालन सकिएन’ शनिवार आफ्नै पुस्तक ‘नेपालमा महिला आन्दोलन’ पुस्तकको विमोचन कार्यक्रममा तुम्बाहाङफ्ले भनिन् ‘राजतन्त्र ढाल्न सजिलो भयो तर नेताहरुको दिमागबाट पृतिसत्ता फाल्न मुस्किल परिरहेको छ ।’

शुक्रवार नेकपाका दुई अध्यक्ष ओली र दाहाललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुम्बाहाङफ्ले छुट्टा–छुट्टै भेट गरेकी थिइन । भेटमा उनले आफु अन्य भन्दान कमजोर नभएको भन्दै आफ्ना दावीहरु पेश गरेकी थिइन । तर दुई अध्यक्षले तत्काल राजीनामा दिन आग्रह गरेका थिए ।

अध्यक्षद्धयले राजीनामा मागेपछि उनले आफ्ना पक्षमा निर्णय नभए राजीनामा नदिने अडान कसेकी थिइन । आफुले निर्धारित मितिमै संसद चलाउने चेतावनी पनि दुई अध्यक्षलाई दिएको उनी निकट स्रोतले बताएको छ ।

शुक्रवार दुई अध्यक्षलाई भेटेकी तुम्बाहाङफ्ले शनिवार नेताहरुमाथी कटाक्ष गरेकी छिन् । जतिसुकै ठुलो दल र ठुला नेता भएपनि पितृसत्ता रोगबाट मुक्त नभएको टिप्पनी गरिन । उनले सभामुखको बिषय र बालुवाटारको कुनै प्रसंग निकालिनन् । तर पुस्तक विमोचामा आएकी कांग्रेस नेत्रृ पुष्पा भूसालले भने सभामुखका लागि शुभकामना दिइन ।