सरकार! मागेको धोतिले मेरो लाज छोपिन्न, बरु एक छाक खाएर राष्ट्रको स्वाधीनता बचाउन तयार छौं

  • सागर न्यौपाने

काठमाडौं। असंलग्न परराष्ट्र नीत लिएको देशले अमेरिकी सैन्य रणनीति बोकेको ईन्डो प्यासिफीक योजनाको एक अंग रहेको अमेरिकन एम्बेसिका अधिकारीले समेत प्रष्ट पारेका छन MCC मा संलग्न हुन मिल्छ या मिल्दैन ? कुनैपनि राष्ट्रले वैदेशिक ऋण लिदा होस या अनुदाननै त्यो नितान्त राष्ट्र हितमा छ या त्यस्तो खालको सहयोगले राष्ट्रलाई दीर्घकालिन घात गर्दछ र गर्दैन या त्यस्तो खालको सहयोगले कुनै कूटनीतिक स्वार्थ बोकेको छ या छैन त्यसको यथार्थता नबुझि पैसा पाईयो भन्दैमा लिनु त्यो भन्दाठुलो राष्ट्रघा’त केहि हुन सक्दैन ।

हो नेपालको ईतिहासमै पहिलो पटक आउन लागेको ठुलो सहयोग र यसको वि’रोध म एक नेपाली भएर कसरी गर्न सक्छु र तर त्यो सहयोगले मेरो देशको अस्मिता लु’ट्दछ भने, शक्तिराष्ट्रहरु जुध्ने र’णभुमि बनाईन्छ भने, मित्र राष्ट्रहरुलाई रुष्ट बनाएर परको राष्ट्रले पैसामा विगतमा तिनै साम्राज्यवादी शक्तिसंग ल’डेर नहारेको देश नेपाललाई पैसामा आफ्नो प्रभुत्व कायम गर्न खोज्छ भने म कसरी सहन सक्छु र ? हे सरकार मागेको धोतिले मेरो लाज छोपिन्न बरु एक छाक खाएर राष्ट्रको स्वाधीनता बचाउन तयार छौ तर पैसामा देशलाई रणभूमि बनाएको हामि सहन्नौ अमेरिकाले विश्वका हरेक मुलुकमा आफ्नो अनुकुल सरकार गठन गर्न फौज परिचालन, हवाई आ क्रम ण र सुराकी तथा ड्रोन परिचालन गर्ने गरेको सर्वविवितै छ ।

स्पस्ट भाषामा भन्नुपर्दा वासिङ्टनले आफ्नो अन्धभक्त नहुने संसारभरीका सत्तालाई सके आर्थिक प्रलोभनमा नसके आ तंक मच्चाउने, ब म हान्ने, मार्ने र आफूले रोजेको कठपुतली नेतालाई स्थापित गर्ने गरेको छ । त्यहि साम्राज्यवादी राष्ट्र अमेरिकाको चरित्रका उदाहरण हुन अफगानिस्तान, सिरिया ,ईराक,ईरान आदी सत्ता पक्ष र विद्रोही पक्ष दुवै पक्षलाई उचालेर आफ्नो स्वार्थ पुर्ति गर्ने राष्ट्र आज नेपालमा निस्वार्थ पैसाको खोलो बगाउन चाहला र ? यस्तो कदापि हुन सक्दैन । म एक शिक्षित नेपाली भएको नाताले पनि अनुदानको वि’रोध गर्नु पाच्य कुरा पक्कै होईन गरीब राष्ट्रको उत्थानका लागि वैदेशिक ऋण या अनुदान बिना विकासका लागि पुर्वाधार खडा गर्न अन्य स्रोत मात्रले संभव हुदैन तर अनुदानका नाममा स्वतन्त्र स्वाधीन राष्ट्रमा आफ्नो प्रभुत्व कायम गर्न खोज्दछन भने त्यो चाहि हामि राष्ट्रलाई माया गर्ने आम नेपालीलाई पाच्य हुने कुरा भने पक्कै पनि होईन ।

सामाजिक संजालदेखि आम नेपालीको जनजिब्रोको बहसको बिषय बनेको MCC को अनुदानको बिषयमा अमेरिकाको सर्तहरु, भावि स्वार्थ र हुन सक्ने संभावित लाभ र क्षतिको बिषयमा बौद्धिक वर्गसंग बहस र पैरवि गरी यदि राष्ट्रहितमा भएमा मात्र यस्ता खालका अनुदान स्विकार गर्नुपर्दछ्र ।

पटक पटक आर्थिक प्रलोभनमा राष्ट्रका ठुला घोटाला ( वाईडबडि, सुनकाण्ड, MCC प्रकरण) लुकाएको बर्तमान सरकारले आर्थिक प्रलोभनमै परी अमेरिकी सैन्य रणनीति बोकेको ईण्डो प्यासिफिक योजनाको एक अंग भनि चर्चामा आएको MCC स्विकार गर्नु स्वतंत्र र स्वाधीन राष्ट्रमाथिको यो भन्दा ठुलो राष्ट्रघात अरु केहि हुन सक्दैन । आफ्नो पार्टी र सत्ता जोगाउन देशनै धरौटीमा राख्न पछि नपर्ने कथित नेताहरु महाकालि, गण्डकी, कोशि बेचिसकेका छन भने यस्ता खालका राष्ट्रघा’तका काममा यिनिहरुको दलिय सहमति समेत जुट्ने गरेको सर्व्विदितै छ यसका उदाहरण हुन महाकाली सन्धि, जब ५२ साल असोजमा शेरबाहादुर देउवा प्रधानमन्त्री हुदा महाकाली सन्धि गरियो तब बर्तमान सरकारका प्रधानमंत्री केपि ओली, ,माधव नेपाल ,झलनाथ खनाल लगायतका नेताहरुले महाकाली बेच्दा त्यसैको पक्षमा वकालत गरेका थिए ।अर्को उदाहरण हेरौ वाईडबडी का’ण्ड सायद यो काण्डलाई तपाईहरुले पनि नजिकबाट नियाल्नु भएकै होला राष्ट्रको ४ अर्ब ढुकुटि जनताकै अगाडिबाट दलिय सहमतिमै लुटियो तर आम जनता मुखदर्शक बन्नुभन्दा केहि गर्न सकेनौ l यस्तो खालका काण्डहरु असंख्य रुपमा दलिय संरक्षणमै हुने गरेका छन।

बालुवाटार जग्गा प्रकरण, यति प्रकरण…. आदी । यसरी जनताकै अगाडि देखादेख अपराधी संरक्षण गर्ने, राष्ट्रघाति सम्झौता गर्नपछि नपर्ने नैतिकताबाट स्खलित नेताहरु र उनीहरुको राष्ट्रघा’तमा हो मा हो थपेर साथ दिन कुनै पनि कसर बाकी नराख्ने अन्धभक्त कार्यकर्ता साथमा भएपछि यिनिहरु जुनसुकै बेला लेन्डुप दोर्जे प्रवृति नदेखाउलान भन्न सकिन्न ।