पृथ्वीजयन्तीमा भीम रावलको कविता, बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैंलाई

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्।

रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महानायकको संज्ञासमेत दिएका छन् । ‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कविता समर्पण गर्दछु’, रावलले ट्विटमा लेखेका छन् । उनको कविताको शीर्षक छ ‘उठाऔं झण्डा !’

रावलको कविता जस्ताको तस्तै