पृथ्वीनारायण शाहलाई धेरै धुपवत्ती गरिरहनु पर्दैन – डा. भट्टराई

काठमाडौं। समाजवादी नेपालका संघीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शाहलाई देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले भनेका छन्, प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो।

प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन१कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ११८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो१।२

नेपाल एकतामा पृथ्वीनारायणको योगदा राम्रो भएको उल्लेख गर्दै उनले यसलाई सम्झनामै सीमित राख्नु उचित भएको र धेरै धुपबत्ती गरिरहनु उचित नहुने बताएका छन्।

ट्वीटरमा थप भनेका छन्, राम्रै भयो। त्यही रूपमा उनलाई सम्झे पुग्छ१धेरै धूपवत्ति गरिरहनुपर्दैन। दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ।

अर्कोतिर त्यसवेलाको चेतनामा संघीय राज्य सम्भव थिएन। गाली पनि नगरौं।

आज पृथ्वीनारायण शाहको जन्मयन्ती। नेपाल एकीकरणका नायक मानिने शाहको सम्झनामा विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ।

पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनको प्रशंसा र विरोधसहितका टिप्पणीहरुले सामाजिक सञ्जाल तातिएको छ।

यो पनि पढ्नुहोस: आज राष्ट्रिय एकता दिवस, प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई

आज पुस २७ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा पृथ्वीनारायण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ।

१७७९ पुस २७ गते गोर्खामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा हुँदै आएको छ ।

यसैक्रममा प्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्न नेतृत्व गरेको भन्दै मुलुकको विकासमा एकजुट हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यश अभिबृद्धि, बिकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।’