ज्ञानेन्द्र शाही जनजातिविरोधी ! थारूले कारवाही गर्नुपर्याेः आङकाजी

काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले ज्ञानेन्द्र शाहीलाई थारुहरुले कारबाही गर्नुपर्ने बताएका छन् । भ्रष्टाचार विरोधी अभियान्ताको छबि बनाएका शाही आदिवासी जनजाति विरोधी भएको शेर्पाको आरोप छ ।

शाहीले कैलाली टीकापुर घटनामा मृत्यु भएका प्रहरीहरु वीर र उत्कृष्ट भनेका थिए ।

‘कैलालीमा थारुहरुको आन्दोलनमाथि दमन गर्ने थारुहरुसँगको भिडन्तमा मरेका प्रहरीहरु वीर उत्कृष्ट हुन् रे,’ शेर्पाले आफ्नाे फेसबुकमा भनेका छन्, ‘त्यसोभए प्रहरी र सेनाकाे गोली लागेर मरेका थारुहरु कायर हुन् त ?’

शाहीले उत्पीडनमा परेका आदिवासी थाहरुको भावनामा चोट पुर्याउने काम गरेको र उनी पनि अन्ततः आदिवासी विरोधी रहेको शेर्पाको ठहर छ ।

शेर्पाले विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र पनि नश्लवादी पत्रकार थिए भनेका छन् ।

मिश्र बीबीसी नेपाली सेवामा कार्यरत रहेकै बेला पछिल्लो समय राजनीतिमा लागेका हुन् । मिश्रले लोकसेवा आयोगको विज्ञापन सही भएको र संसदको राज्य व्यवस्था समितिको निर्देशन पालना नगर्न आयोगलाई उक्साइरहेका छन् ।