स्वाभिमान बेचिसकेकाहरुका लागि राष्ट्रिय एकता दिवसको महत्व नहुन सक्छ : डा. आचार्य

काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा भएको भन्दै यो अवसरमा नेपालीहरुबीचको एकता अझै मजबुद हुँदै जानुपर्ने शुभकामना दिएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा एक ट्विट गर्दै आचार्यले लेखेका छन्,‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन। राष्ट्रिय एकता दिवस हाम्रो सम्पदा हो।स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व नहुन सक्छ।यो अबसरमा नेपालीहरुबीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु ।’