सावित्री मृत्यु प्रकरण : कोठामा कन्डम र १० हजार रुपैयाँ

काठमाडौं । बैतडीको मेलौलीमा किशोरी सावित्री (पार्वती) चन्द हत्याका आरोपित युवक छुटेका छन् । किशोरीका साथी प्रशान्त क्षेत्रलाई जिल्ला अदालत बैतडीले बुधबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मेलौली–७ बनालको १८ वर्षीया चन्द ३१ जेठमा घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको कोठामा क्षेत्रीको नागरिकता, पर्स फोटो, कन्डम र १० हजार रुपैयाँ भेटिएको थियो।

चन्दमाथि बलात्कार भएको आशंका परिवारले गरेको थियो । तर प्रहरीले क्षेत्रीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा मात्र चलाएको थियो । क्षेत्रीले आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अघिल्लो दिन बेलुकी चन्दको कोठामा गएको स्विकारेका थिए ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।