के यो पक्कि घर पनि मेयर चौधरी कै हो त ? अन्तत: स्पष्टिकरण दिदै पुन: मिडियामा मेयर (भिडियो)

काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन ।

इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपानी भित्रको भ्रस्टाचारि राम प्रसाद चौलागाईं सग मिलेर कसैको चरित्र हत्या गर्ने ,पुर्वाग्रह राखेर पित पत्रकारिता गर्ने तल्लो स्तरका भ्रस्ट पत्रुकारको मात्र आफुले आलोचना गरेको भन्दै यस्तै भ्रष्ट को सुचना लिएर पत्रकार रबिलामिछाने ले पनि बिगतमा इटहरी नगरपालिका को विषयमा हचुवाको भरमै समाचार प्रवाह गरेकोकारण आफुले उस्को कारेक्रम मा त्यस्तो जवाफ दिएको पनि बताएका छन ।

बिकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको हन्दै आफुले गरेको पित पत्रकारको चरित्र र पाख्न्ड पत्रुकारको बिरोध गर्दा इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रस्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलाइ जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन । पार्टी सग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टी ले मेयर को टिकटनदिए र द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोसित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्स देखि अनेकौ षड्यन्त्र गर्दै आएका छन ।

केहि दिन अगाडी द्वारिकलाल चौधरी बस्ने घर पुग्दा निक्कै पुरानो जस्ताले छाएको घरमा बसोबास गरेको पाइयो । गाई गोठसंगै रहेको सपरिवार चौधरी बस्दै आएका छन । तर त्यो अन्तर्वार्ताको भिडियो हेरेपछि दारिकलाल चौधरीको इटहरीमा अर्को पनि घर भएको खुलासा भयो । र यस बारेमा मेयरलाई सोध्दा इटहरीको दुई तले पक्कि घर पनि आफ्नो भएको स्वीकारेका छन । तर त्यो उनले बनाएको नभएर आफ्नै बुवाले बनाएका हुन् । र त्यो सबै उनको पैत्रिक सम्पति हो ।

यस विषयमा मेयर चौधरीसंग गरिएको कुराकानी हेर्नुहोस :