यस्तो छ नेपाल भित्रिने ‘एफ के एम’ बाइक, मुल्य कति ?

काठमाडौं। नेपाली मोटरसाइकल बजारमा नयाँ ‘प्लेयर’ थपिने भएको छ। नयाँ डिजाइन र लुक्ससँगै अभाष टे«ड एन्ड सप्लायस प्रालि(एफ के मोटर्स)ले नेपाली बजारमा फागुन भित्र सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले तीन नयाँ ब्रान्डका बाइक नेपाली बजारमा ल्याउने भएको छ । जसमा एफकेएम स्ट्रिट फाइटर, एफकेएम स्क्लेम्बर र एफकेएम मिनि स्क्लेम्बर

एफकेएम स्ट्रीट फाइटर

एफकेएम स्ट्रीट फाइटर युवा बर्गको रोजाइमा पर्ने कम्पनीले जनाएको छ । एग्रेसिभ लुक्स र डिजाइनमा नेपाली बजारमा आउँदै स्ट्रीट बाइक १५० सीसी, १६५ सीसी र २०० सीसी गरी तीन भेरियन्टमा सार्वजनिक हुँदै छ । यी भेरियन्टका बाइकले क्रमश् १२.७ एचपिमा ७५०० आरएमपी, १२.३ एनएममा ५५० आपीएमर १५ एचपीमा ८००० आरपीएम पावर जेनेरेट गर्छन् ।

१५० सीसी, १६५ सीसी दुबै भेरियन्टका बाइक भने एयरकुल एफआई इन्जिनमा आउँदै छन् । कम्बाइन्ड् ब्रेकिङ् सिस्टम फिचरका साथ नेपाल भित्रन लागेको यो बाइकमा एलइडी स्पीड मोटर जडान छ । एलइडी स्पीड मोटर भएको यो बाइकमा स्मार्टफोन कनेन्ट गरेर एप समेत खोल्न सकिन्छ । एफकेएम स्ट्रीट फाइटर बाइक ३ लाख ५० हजार देखि चार लाख ५० हजार पर्ने अनुमान गरीएको छ ।

एफकेएम स्केल्मबर

एफकेएम स्केल्मबरपनि स्ट्रीट फाइटर जस्तै तीन भेरिएन्टमै र उस्तै फिचरका साथ नेपाल भित्रदै छ । मुल्यमा भने स्ट्रीट फाइटर भन्दा २० हजार महङ्गो पर्ने कम्पनीको अनुमान छ ।

मिनि स्क्लेम्बर

मिनि स्क्लेम्बरको डिजाइन अन्य भेरियन्ट भन्दा फरक छ । बिषेशगरी यो बाइकको लुक्सले मानिसलाई लोभ्याउने कम्पनीको भनाई छ । नेपाली बजारमा मिनि स्क्लेम्बर एउटा मात्र भेरिएन्टमा आउने छ । १५० सीसी इन्जिनमा आउँने यो बाइकले १२.७ एचपीमा ७५०० आरपीएम र १२.३ एनएममा ५५०० आएपीएम पावर जेनेरेट गर्छ । यसको मुल्य नेपाली बजारमा दुई लाख ८० हजार पर्ने अनुमान छ ।