
काठमाडौं। नेपालको सांगीतिक बजार लाई अहिले प्रकाश सपुतको गित गलबन्दीले तत्ताएको छ । यो गितले युट्युबमा २ हप्ता मै एक करोड भ्यु पाएर रेकर्ड राखेको छ । यस गितले गर्दा प्रकाश सपुतको व्यस्तता पनि बढ्दो छ । यहि गितको सुखद पक्ष संगै दुखद पक्ष पनि बाहिरिएको छ र चर्चाको विषय बनेको छ । गायक शम्भु राईले आफ्नो पूर्वेली गितको भाका लाई प्रकाश सपुतले तोड मोड गरेर गलबन्दी गित सिर्जना गरेको भने जसले गर्दा गायक सपुतले अहिले चौतर्फी आलोचना पनि सहनु परेको छ ।
शम्भु राईले क्यानाडा नेपालका लागी सन्तोष निरौला संग कुराकानी गर्दै भने: “मेरो गितको लय लाई प्रकाश सपुतले चोरेको भनेको होईन तर उनले मेरो लय लाई बङ्गाएर गलबन्दी गित बनाएका हुन् । मेरो गित पूर्वेली भाका हो भने प्रकाश सपुतले पश्चिमिली भाकामा बङ्गाएर गलबन्दी गित बनाए र यो कुरा मैले होईन गित सुनेपछि सबैले भनेका छन् र यो नै सत्य हो ।”
गायक राई निराश हुदै थप्छन: “मैले कसैलाई दोष लाएको होईन न आरिष गरेको हो । मेरो अस्तित्त्व चाहि हुनपर्छ भन्ने हो । मेरो सिर्जना र अस्तित्त्व लाई मेटि दिन्छ भने म चुप लागेर त बस्न मिलेन नि । गित सुन्ने सबैले भनिरहेका छन् भने म टुलुटुलु हेरेर त बस्न मिलेन नि । मेरो भाकाको मुटु कलेजो लगेर नया तरिकाले गित बनाए पछि हाम्रो पुस्ता विस्तापित हुने डरले म बोल्नु परेको हो तर मैले कुनै चोरेको आरोप लाएको भने होईन ।”
शम्भु राईले आफ्नो गित देउसी भैलोको लागि बनाएको गित थियो तर अहिले प्रकाश सपुतले त्यो भाका लाई फास्ट बिटमा तोडमोड गरेर गलबन्दी बनाए । उनले यो गित शम्भु राईको गित बाट प्रभावित भएको भनेर उल्लेख गरेको भए राम्रो हुन्थियो कि भन्दै प्रश्न समेत राखे ।
भिडियो हेर्नुहोस: