परवेज मुसर्रफलाई मृ त्युद’ण्ड फैसला उल्टियो

बीबीसी। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई दिइने भनेको मृ त्युद ण्डको फैसला गैरकानुनी ठहरिएको छ।

केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रो’हको आरोपमा मुसर्रफलाई मृ त्युद ण्डको फैसला सुनाएको थियो।

मुसर्रफले विशेष अदालतको फैसला न्यायोचित नभएको बताएका थिए।

सोमबार लाहोरको उच्च अदालतको पूर्ण इजालसले विशेष अदालतको फैसलालाई गैरकानुनी भएको ठहर गरिदिएको हो।

यस फैसलासँगै अब मुसर्रफलाई मृ त्युद ण्ड नहुने भएको छ।

मुसर्रफलाई मृ त्युद ण्डको फैसला सुनाउने बेला विशेष अदालतले कानुनी प्रक्रिया पुरा नगरेको, कसैसँग परामर्श नगरेको तथा अनुमति नलिएको उच्च अदालतले बताएको छ।