चुनढुंगा खानीमा बि’स्फोट, खानीभरी बमैब’म

काठमाडौं। नेत्र बिक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रैनादेवी गाउपालिका १ छहरा सिद्धेश्वरमा रहेको सिद्धेश्वर चुनढुङ्गा खानीमा व म बि स्फोट गरेको छ ।

प्राकृति स्रोतसाधनको दोहन गरेको, स्थानिय जनता र ब्यवसायीलाइ भ्रममा पारेको , नेकपाको जनसत्तामा दर्ता नगरेको भन्दै जिल्ला जनपरिषद पाल्पाले बि ष्फोट सहित दर्जन बढी ब महरु राखेको जनाएको छ ।

गुल्मी र अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा पर्ने पश्चिम पाल्पामा रहेको रैनादेवी गाउपालिकामा बिगत देखी नै नेकपाले आफ्नो गतिविधिलाइ तिब्र बनाउदै लगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले जनताको रक्षाको लागी जनमुक्ति सेना र सेवाको लागी जनसत्ता सक्रिय रहेको बताएको दुइ साता नबित्दै यो बिस्फोट भएको छ । यहि पौष १२ गते एक कार्यक्रममा नेता सिंहले उक्त धारणा राखेका थिए । जिल्ला इन्चार्जको भनाइ सगै यो खाले गतिविधि हुनुले पाल्पामा नेकपाको गतिविधि तिब्र र आक्रामक हुदै गएको बुझिएको छ।

चुनढुङ्गा खानी संचालकहरुको बदमासी बारेमा पाल्पामा बिगत देखी नै बिभिन्न खाले बिरोध र जनस्तर बाट आलोचना हुदै आएको छ ।