शिवमाया नै सभामुख पदको सशक्त उम्मेदवार हुन् : प्रवक्ता श्रेष्ठ

काठमाडौं। आज मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन्।

प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको उनको भनाइ छ। संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसद्‍को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उहाँलाई राजीनामा दिन पार्टीले आग्रह गरेको उनको भनाइ छ।

नेता श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै समामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित भएको बताए। उपसभामुखलाई प्रवक्ता श्रेष्ठले संवैधानिक प्रावधानलाई बुझ्न अनुरोधसमेत गरे।

उपसभामुखको राजीनामाकै कारण पुस ४ गतेबाट सुरु भएको संसद्‍को हिउँदे अधिवेशन बिजनेस विहीन बनेको छ। उपसभामुखको राजीनामाकै कारण पुस ११, १६ र २७ गते सूचना टाँस गर्दै बैठक स्थिगित भएका छन्। प्रनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।