जमिनभित्रबाट साढे २ क्विन्टलका ब’म निस्किन थाले पछि शहरमा भागाभाग, १४ हजार विस्थापित

काठमाडौं। दोस्रो विश्वयु’द्ध भएको लगभग ७५ वर्ष भइसकेको छ तर यति लामो समयपछि पनि जर्मनीको डर्टमण्ड शहरमा जमिनभित्र २ वटा विशाल बम भेटिएपछि पूरै शहरमा भागाभाग भएको छ । नागरिकले जमिनभित्र बम भेटिएको खबर पाएपछि शहर छाडेर भाग्न थाले । डेलिमेलको समाचार अनुसार यहाँ दोस्रो विश्वयु’द्धको समयमा प्रयोगमा नआएका २ विशाल ब’म भेटिएका छन् ।

एउटै ब’मको तौल करिब २५० किलो भएको बताइएको छ । बमको सूचना पाउनासाथ त्यहाँ पुगेका सुरक्षा एजेन्सीले बमलाई निकालेर निष्कृय गरेका छन् । डर्टमण्ड बहरका मानिसहरुले जमिनभित्र ब’म गाडिएको खबर पाएपछि उनीहरु ज्या’न जोगाउन शहर छाडेर भाग्न लागेका थिए । सडकमा मानिसहरुको ठूलो भीड जम्मा भयो । स्थानीय मिडियाका अनुसार विश्वयु’द्धको ७५ वर्ष बितिसक्दा पनि जर्मनीमा त्यो समयका बम बरामद भइरहेका छन् जो प्रयोग गरिएका थिएनन्।

एकातिर मानिसहरुमा ब’म वि’ष्फोट हुन सक्ने डर छ भने अर्कोतिर ब’म हेर्न ठूलो संख्यामा मानिसहरु पनि जम्मा हुने गर्छन् जसलाई सुरक्षा निकायले हटाउनुपर्छ ताकि उनीहरुलाई कुनै नोक्सानी नहोस् । जर्मनीमा दोस्रो विश्वयु’द्धपछि अहिलेसम्मको सबैभन्दा ठूलो विष्फोट २०१७ मा भएको थियो जसमा ६५ हजार नागरिक प्रभावित भएका थिए । अहिले ब’म भेटिएको ठाउँबाट ५ सय मिटरको परिधिमा बस्ने मानिसहरुलाई सुरक्षाका दृष्टिले घर छाड्न आदेश दिइएको छ।