अस्ट्रेलियामा ५ हजार ऊँटलाई गो’ली हा’नेर मा’रियो, यस्तो छ कारण

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गो”ली हा’नेर मा रिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गो’ली हा’नेर मा’रिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

५ दिन लगाएर ‘सुटर’ले हेलिकप्टरबाट गो’ली हानेर ऊँट मा’रेका हुन् । खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गो’ली हा’नेर मा रिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खानार पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमाछिर्न थालेका छन् । कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु म रेका छन् । पानीमा मुहानहरुमा पानी खाने त्यहीँ म र्न थालेपछि मा रिएको हो ।

ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन । यो त्यहाँका लागि बाह्य प्रजाति हो । सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो । अस्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो ।

अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन् । अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ ।