कुनै समय प्रेमिकालाई एक कप चिया समेत खुवाउन नसक्ने कपिलको आज कति छ सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय निकै चर्चामा छन् कमेडियन कपिल शर्मा । कपिल शर्मालाई द कपिल सो ले एउटा नयाँ पहिचान बनाइ दियो । सन् १९८१ मा अम्रितसारमा जन्मिएका उनी आज करोडौ सम्पत्तिका मालिक बनेका छन् ।

क्याफीमा प्रेमिकालाई राम्रोसँग खुवाउन नसकेका कारण ब्रेकअप भएको बताउने कपिल हाल लक्जरिएस कारका मालिक बनेका छन् ।हिन्दु कलेजमा पढेका उनले पछि थिएटरमा काम गर्न थालेका थिए । तर, सन् २००४ मा उनको पिताको क्यानसरका कारण उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात उनको काँधमा सबै जिम्मेवारी आएको थियो ।

सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए ।

सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६.६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४.७–२२ मिलियन डलर रहेको छ ।सन् २०१७ को आम्दानीको हेर्ने हो भने उनले ‘द कपिल सो’ का लागि सोनी च्यानलसँग ११० करोड भारतीय रुपैयाँको सम्झौता गरेका छन् ।

उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २.२ मिलियन डलर रहेको छ ।अफिस, भेरसोभा एमएचएडिए जुन निर्माणधिन रहेको छ । यसको मुल्य ४ करोड भारतीय रुपैयाँ रहेको छ ।शान्तिबन बिलडिङ, अन्धेरी, मुम्बइ– यो बिलडिङ उनले सन् २०१० मा किनेका थिए ।एडिटिङ स्टुडियो, लोटस बिजनेश पार्क, अधेरी ।पन्जावमा उनले केही जमिन समेत किनेको केही मिडिया रिपोर्टले उल्लेख गरेका छन् ।

कारहरु

ल्याण्डरोभर रेन्ज रोभर इभोक्यु–८२ लाख भारतीय रुपैयाँमर्सिटिज बेन्ज एस३५० सिडिआइ–१.४५ करोड भारतीय रुपैयाँउनी कमेडीमा जति सफल भए फिल्ममा भने उनी सफल हुन सकेनन् । उनले अभिनय गरेको फिल्म फिरंगी सुपर फ्लप भएपछि उनी तनावमा आएका थिए भने ठुलो बजेट समेत गुमाउन पुगेका थिए ।