
काठमाडौं। अहिले सामाजिक संजाल मा पत्रकार रबि लामिछाने को एउटा समाचार भाइरल भैरहेको छ ।नया पत्रिका दैनिकको वाइलाइनमा प्रकाशित भएकोजस्तो देखिने समाचारको शीर्षक छ – रवि लामिछाने ठूलो भ्रष्टाचारी हुन् : मन्त्री पुन यहि समाचारको स्क्रिनशट सामाजिक संजाल मा आए संगै मन्त्रि पुन को चर्को अलोचन समेत भैरहेको छ।रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा मन्त्रि पुनले यस्तो अभिव्यक्ति दिएको भन्दै प्रकाशित यो समाचारको बास्तबिकता भने अर्कै रहेको छ।सरकारले ल्याएको मिडिया विधेयक विवादित भइरहेका बेला मन्त्रीबाटै यस्तो धारणा आउँदा सरकार नै मिडियाप्रति नकारात्मक छ कि भन्ने धारणा बन्न सक्छ तर तथ्य अर्कै रहेको पाइएको छ ।
ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन् ।‘ पत्रकार रवि लामिछानेको सन्दर्भमा माननिय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।फोटोशप लगायत प्रविधिको दुरुपयोग गर्दै हुने गरेका कुप्रचारमा समग्र पत्रकारिता र कुनै व्यक्तिलाई लक्षित गरेर बद्नाम गर्ने गरिएको पाइएको छ ।
यो तस्बिर मुकुन्द घिमिरे नाम गरेका एक व्यक्ति ले सामाजिक संजाल मा पोस्ट गरे संगै यसरि भाइरल भएको हो ।हेर्नुस् यस्तो छ विज्ञप्तिको पूर्णपाठ :-माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामा जिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ । उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं ।पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई , फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं ।म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु ।
रोशन खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको प्रेस संयोजक