
काठमाडौं। चर्चित चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो जन्म दिन विशेष तरिकाले सेलेब्रेट गरेकी छिन् । आज ग्यानेश्वरको एटिक लाउन्जमा जन्मोत्सव मनाउँदै श्रेष्ठले आफ्नो उमेर पनि बताएकी छन् । केटीमान्छेले आफ्नो उमेर भन्न चाँहदैनन् भन्ने त भनाइनै छ तर नम्रताले भने आफ्नो उमेर बताएकी छिन् । बर्थ डे सेलेब्रेसनमानै अभिनेत्री नर्मताले आज बाट आफु ३३ बर्षमा प्रवेश गरेको बताएकी हुन्।
बर्थ डे सेलेब्रेससनमा आगन्तुक पाहुनलाई सप्राइज दिँदै उनले आफूले अभिनय गरेको नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन्। ‘जाइरा’ मा एक फाइटरको भूमिकामा नम्रता देखिदैछिन्। उनले यो चलचित्रको लागि कपाल काटेर छोट्याएकी छन्। चलचित्रमा अनुपबिक्रम शाही, रेमन दास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ। सार्वजनिक भएको फस्ट लुक्समा नम्रता बक्सिङ खेलाडि देखिएकी छन्।
अभिनेत्री नम्रता श्रेष्ठले ‘जाइरा’ चलचित्रले आफ्नो बाल्यकालको स्मरण गराएको बताएकी छन्। ‘म सानोमा एकदमै झगडालु थिए, पछि ठूलो हुँदै जाँदा अलि शर्मिली स्वाभावको भए। तर जाइराले मलाई फेरी बाल्यकाल सम्झाएको छ।’ बर्थकै मेसोमा नम्रताले फिल्म प्रमोशनको पनि मौका छोपेकी छिन् ।