अहिलेसम्म सुन्न नपरेको यो कस्तो रोग लाग्यो ? श्रीमती भन्छिन मै मर्दिम जस्तो भयो, दर्दनाक (भिडियो)

ऋषिराम खड्का
३१ जेठ,- रुकुम पश्चिम-‘भोलि त कसले पो देखेको छ र ?’ हरेकको मुखमा झुण्डिएको यो शब्द सुन्दा निकै सामान्य लाग्छ, तर जब आफ्नै जीवनमा केहि भवितव्य आउँछ, यसको अर्थ निकै भावुक र गहिरो हुन्छ ! नर बहादुर ओलीले सिन्दुर हाल्दा अवली त्यस्तै १६-१७ वर्षकी थिइन रे ! त्यतिबेला जीवनको अर्थ न नर बहादुरलाई थाहा थियो न अवली लाई ?

सानैमा बिहे गरेका रुकुम सानीभेरी गाउँपालिका ७ फुक्रुका नर बहादुर दम्पतिका चार सन्तान दुई छोरा र दुई छोरी छन । सानो परिवार सुखी परिवार भनिन्छ तर परिवार सानो भएपनि अवली ओलीको परिवार सुखी भने कहिल्यै भएन । अवलीका आँखामा आशुँ छैनन २१ वर्षदेखि उनका आँखा ओभाएका छैनन । बाँचे तिम्रै काखमा मरे तिम्रै काखमा भनेर १७ वर्षे जवानी नरबहादुरलाई सुम्पेकी अवलीले आफ्ना श्रीमानको बाटो कुर्न लागेको अहिले ठ्याक्कै २१ वर्ष पुग्यो । शसस्त्र द्वन्दको बेला घरबाट हिडेका नरबहादुरको न सास को पत्तो छ न लाशको !

१०-११ वर्षमुनिका साना लालाबालालाई आटो ढिडो, भोक प्यास सहेर अवलीले हुर्काइन, पढाइन, बढाईन तर उनको आशाको वत्ति अझै धिप धिप बलिरहेको छ । एक दिन नरबहादुर घर फर्केर आउलान !

‘हे भगवान तेरो बास गरिवको घरमा मात्र हुने भए मलाइ अझैँ दुख दे’ यो भनाई आफ्नै लागी भनेको जस्तो लाग्दो हो अवलीलाई । २१ वर्षदेखि आफ्नो श्रीमान फर्किने बाटो कुरेकी उनलाई अहिले यता हेर्यो गार (नदि) उता हेर्यो भिर जस्तै छ । सबै काम सघाउने आफ्नो जेठो छोरा धर्म बहादुर ओली क्यान्सर जस्तो प्राणघातक रोगले जीवन मरणको दोसाधमा छन् । बाबुको जीम्मेवारी छोराले पुरा गर्ला र भाईबहिनिलाई आरअदार होला भनेकी आमाको मन फेरी नराम्ररी बिछट्टीएको छ । भगवान गुहार्नु बाहेक ओलीसँग अर्को उपाय छैन । कमाउने श्रीमानको अत्तोपत्तो छैन, भर्खरको छोराले अस्पतालमा मृत्युसँग लडिरहेको छ ।

धर्म बहादुर र आशाका साना दुई छोराहरु छन । ति अबोध बालक आमा सँगै बाउलाई झम्टीदै रुन्छन, धर्मकी आमा छोरो निको भएर घर फर्केला भन्दै कुरेकी छिन, श्रीमती आशा रोका आफ्नो श्रीमानको स्याहार गर्न चाहेर पनि अस्पतालमा आउन पाउदिनन । उनले छोराहरुको पढाई र परिवारको रोजीरोटीको लागि गाउँकै स्कुलमा करारमा पढाउछिन । ‘श्रीसम्पति सबैथोक बेचेर पनि मेरो ऋण तिर्न सक्दिन, १७-१८ लाख सक्किसक्यो, अब केवल भगवान भरोसा मृत्युकुरेको छु, यस्तो बेला न मेरो बुवा मेरो साथमा छन, न मेरी श्रीमती चाहेर पनि मसँग बस्न सक्छिन, बाँचे भने आमाको मुख हेर्ने मन छ’ गहभरी आँशु पार्दै धर्मले मलिलो स्वरमा सिधान्युजसँग भने ।’

भिडियो यहाँ हेर्नुहोस:

धर्म बहादुर ओली समाज परिवर्तन गर्छु भनेर बन्दुक बोकेर हिंडेका पुर्व माओवादी छापामार पनि हुन । हुनत, आज उनले आफुँ मर्न तयार भएको पार्टीको सरकार छ । ३०-३२ ठाउँमा परिवर्तनका लागि भन्दै माओवादी सेना बनेर लडेका धर्मले सरकारसँग हारगुहार नगरेका पनि होईनन तर मेरो पहुँच छैन । धर्मले हिक्किदै भने ‘धनि गरिब सबै सम्मान हुन्छ भनेर हिजो कमाउने उमेरमा दिलो ज्यानै फालेर युद्धमा होमिएँ आज न पार्टीले हेर्छ, न मसँग पैसा छ । साना दुई छोराहरुको विचल्ली हुने भयो, बुवा बेपत्ता छन्, आमाको हालत त्यस्तो छ, म दिन गनेर अस्पतालमा बसिरहेको छु ।’

युद्धमा लागेका गोलिका छर्रा निकाल्न जाँदा उनलाई पेनिस क्यान्सर भएको पत्ता लाग्यो । उपचार गर्दा गर्दा घरखेत सबै सकिसक्यो केहि सिप नचलेपछि धर्मको परिवारले धर्मलाई बचाईदिन देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनी सबैसँग सहयोगको याचना गरेका छन । यदि उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने उहाँको ग्लोबल आइएमई बैंकमा 0707010008210 खाता नम्बर रहेको छ भने थप जानकारीको लागी उहाँको फोन नम्बर ९८४७९८२३१७, ९८४७९९९४८६ मा पनि सम्पर्क गर्न सकिने छ । आर्थिक सहयोग गर्न नसकेनी सामाग्री सेयर गरेर पनि सहयोग गर्नुहोला आज उहाँलाई परेको समस्या भोलि तपाईहामी जो कोहिलाई पनि पर्न सक्छ । सेवा नै धर्म हो ।