हवात्तै घट्यो प्याजको भाउ

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारमा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य अहिले ६२ रुपैयाँमा झरिसकेकाे छ।

बजारमा सुकेको प्याज खुद्रा मूल्य प्रतिकिलो ७० देखि १ सय २० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ । बजारमा भारतीय र चिनियाँ दुई थरीका प्याज पाइन्छ । चिनियाँ प्याज भारतीय भन्दा निकै सस्तो छ।

सोमबार भारतीय प्याज प्रतिकिलो १ सय १२ र चिनियाँ प्याज किलोको ६२ रुपैयाँ थोक मूल्य रहेको कालिमकाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ । मूल्य अकस्मात ह्वात्तै बढेपछि उपभोक्ताले प्याज खान छोडेका छन्।