आस्था राउतका बुवा हरिबहादुर रुँदै मिडियामा, छोरीका बारेमा यसो भन्छन् हरिबहादुर

काठमाडौं। पछिल्लो समय नेपाली सांगीतिक दुनियाँमा निकै चर्चामा छिन् गायिका आस्था राउत। उनी सामान्य विवाका कारण अहिले चर्चामा छिन् । चर्चित गायक हरिबहादुर राउत आस्था रावतका बुवा हुन् । छोरी बारेका विभिन्न टिप्पणीले हरिबहादुर केही बेचैन छन् यतिबेला । सिक्किममा रहेकी उनकी छोरीलाई फर्कनेवित्तिकै पक्राउ गर्ने भनेर प्रहरी तम्तयार बसेको छ । त्यही कारणले उनी वेचैन छन् ।

पहिलो पटक अन्तरवार्ता दिने क्रममा हरिबहादुरले मिडिया सामु रोएका छन् । उनले रुदैं भने, ‘उनले बारम्बार हात जोडेर बिन्ति गर्छु, ‘कृपया तिललाई पहाड नबनाइदिनुस, मेरी छोरीबाट कुनै गल्ति भएको भए म माफी माग्छु ।’

आस्थाबारे …

हरिबहादुर र सावित्री राउतकी एक्ली सन्तान हुन् आस्था । २०४१ सालमा हरिबहादुर र पवित्राको विवाह भएको थियो भने त्यसको ४ वर्षपछि आस्था जन्मेकी थिइन् । त्यतिबेला ४-५ जना सन्तान जन्माउने चलन थियो । सरकारले चाहिँ ‘दुई सन्तान ईश्वरका बरदान’ को नारा अघि सारेका थिए । तर, हरिबहादुर दम्पत्तिले भने एउटै सन्तानमा चित्त बुझाए ।

‘छोरा भए पनि छोरी भए पनि एउटा मात्र पाउने हामीले पहिल्यै तय गरेका थियौं । हामी समाजलाई पनि एउटा सन्देश दिन चाहन्थ्यौं ।’
बुवा कहलिएका गायक भइहाले । आमा पनि गीत लेख्ने । सांगीतक माहोलमा हुर्किइन् आस्था । नाच्न पनि उत्तिकै पोख्त थिइन् ।
आस्था कक्षा ६ मा पढ्दै गर्दा हरिवहादुरले उनलाई संगीत सिक्न मिलन विद्या मन्दिरमा भरिदिए । हरिबहादुरका साथी चर्चित संगीतकार सुरेश अधिकारीले त्यहाँ सिकाउँथे । सुरेशले नै आस्थाको स्वरलाई निखारे । उनको आवाज पृथक खालको थियो ।

सोही विद्यालयमा पढ्दै गर्दा आस्थाले विभिन्न बाल गीत प्रतियोगिताहरुमा सहभागी हुन थालिन् । रेडियो नेपालको बाल गीत प्रतियोगितामा उनी दुई पटक दोस्रो भएकी छन् । यस्तै, काठमाडौंमा आयोजित वीरेन्द्र शिल्ड प्रतियोगितामा तीनपटक प्रथम भएर रनिङ शिल्ड पच पारेकी थिइन् ।
हरिबहादुर भन्छन्, ‘एक वा दुई पटक जित्दा त्यो शिल्ड फिर्ता गर्नुपर्थ्यो । तर, आस्थाले तीन पटक लगातार जितेर त्यसलाई पच पारेकी थिइन् ।’
उसले त्यो बेला ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई पाखा र भिर” बोलको बाल गीत गाएकी थिइन् । एसएलसीपछि उनले ‘सालको टपरी गाँसेर’ बोलको रिमिक्स गीत गाइन्, जसले उनलाई चिनायो ।

आस्थाको फरक ‘टोन’ लाई धेरैले रुचाए । पछि उनले आफ्नै एल्बम निकालिन् ‘आधार – भाग १’ । यस एल्बममा भएका गीतहरु हिट भए । यस एल्बमा समावेश ‘खोइ त मलाई झुम्के बुलाकी‘, चौबन्दीमा पटुकी‘’ लगायत गीतहरुले आस्थालाई सांगीतिक क्षेत्रमा स्थापित गराएका हुन् । त्यसपछि देश तथा विदेशका कार्यक्रमहरुमा उनको डिमान्ड बढ्यो ।