सालीको अश्लील भिडियो खिचेर बारम्बार बलात्कार गर्न सई जेल चलान

काठमाडौं । आफ्नै सालीको सेक्स भिडियो बनाएर बारम्बार बलात्कार गर्न नेपाल प्रहरीका सई जेल चलान भएका छन् उनले आफ्नै सालीलाई पटकपटक बलात्कार गर्दै आएका थिए । बलात्कारको आरोपमा प्रक्राउ परेका नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गरिएको हो।

रौतहट गौर घर भएका यादवले नाताले आफ्न्त पर्ने १९ बर्षिया सालीलाई बारम्बारयौनदासी बनाएको आरोप छ । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

सई यादवले १८ वर्षको उमेरदेखि पीडित युवतीको घर आएका बखत एप्पल जुसमा निद्रा लाग्ने औषधी राखेर लज पुर्याएर बलात्कार गरी भिडियो खिचेर फिल्म बनाउँदै पटक पटक त्यहि फिल्म देखाई बलात्कार गर्ने गर्दै आएका थिए।