बल्ल म सक्सेस भएँ – मनाङे

पोखरा। प्रहरी हिरासतमा रहेका गण्डकी प्रदेश सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ प’क्राउ परेपछि आफू सफल भएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि दुई दिन हि’रा’सतमै राख्न म्याद थप गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

‘जुन चिजलाई मैले भिडेथें, त्यो केस सक्सेस भयो, त्यो ठगलाई बल्ल समात्न थाल्यो’, उनले भने, ‘अब यो ठ’गको मु’द्दा आउँदैछ, जुन चिजलाई मैले लडेथें अब सक्सेस त भयो नि कमसेकम ।’

मनाङेले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि गुरुङलाई झा’पड हा’नेका थिए । एन्फा अध्यक्ष गुरुङले दिएको सार्वजनिक अपराध ऐन अन्तर्गतको जाहेरीमा उनी अहिले प्रहरी हि’रा’सतमा छन् ।

‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठ’ग्दै बसेको, कसैले केही मु’द्दा हा’ल्न नसक्ने यसलाई’, मनाङेले भने, यति ठूलो ड’न रहेछ यो, ख’तर’नाक नै रहेछ ।’ गुरुङलाई प्रहरीले ठ’गी र बैंकिङ क’सूरको जा’हेरीको आधारमा प’क्राउ गरेको थियो ।

भिडियो हेरौं: