समाजवादी पार्टीका नेताद्वारा शिक्षिकालाई सार्वजनिक स्थलमै निर्घात कुटपिट !

राजविराज । समाजवादी पार्टीका सप्तरीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै एक शिक्षिकालाई निर्घात कुटपिट गरेका छन । विद्यालय पढाएर फर्किरहेकी विनिता यादवलाई केदार यादवले शुक्रबार बाटोमै हातपात गरेका हुन् । यादवले राजविराजस्थित घर फर्कँदै गरेकी श्रीमतीलाई मुक्का, खुट्टा र हेलमेटले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि विनिता बेहोस नै भएकी थिइन् । केदारको कुटपिटबाट द्वारका श्रीलाल सातनी यादव मावि बथनाहामा अध्यापनरत २७ वर्षीया विनिता गम्भीर घाइते भएकी छिन ।

‘बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ । नेता यादवले राजविराज–’हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलबाट पश्चिमतर्फ स्कुटर रोकेर अश्लिल गालीगलौज समेत गरेका थिए । कुटपिट गर्ने केदारप्रसाद यादव विनिताको पति भएको बताइएको छ । नौ वर्ष अघि बिबाह गरेका उनीहरूको सम्बन्ध राम्रो हुन नसकेपछि विनिता आठ वर्षदेखि माइतमै बस्दै आएकी छिन’ ।

‘बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ । नेता यादवले राजविराज–’हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलबाट पश्चिमतर्फ स्कुटर रोकेर अश्लिल गालीगलौज समेत गरेका थिए । कुटपिट गर्ने केदारप्रसाद यादव विनिताको पति भएको बताइएको छ । नौ वर्ष अघि बिबाह गरेका उनीहरूको सम्बन्ध राम्रो हुन नसकेपछि विनिता आठ वर्षदेखि माइतमै बस्दै आएकी छिन