सभामुख सापकोटालाई चिनियाँ राजदूतले भेटेरै दिइन् बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सभामुख अग्‍निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेकी छन्। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार शिष्टाचार भेटवार्ता भएको हो।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । भेटका क्रममा सभामुख सापकोटालाई राजदूतले बधाई दिएकी हुन्।

आइतबार निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए । उनविरुद्ध ह त्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ।