विप्लव समूहद्वारा ६० विघा जमिन पुन: कव्जा

महोत्तरी। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ ।यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो ।महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन आफूहरुले पुन: कव्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना दिन रातिराति मदिरासेवनको नसामा गएर किसान र सुकुम्बासीहरुलाई अनयासै दुःख दिने हर्कत गरिएको भन्दै विप्लव समूहले त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नं–२ स्थित रहेको जनता माध्यमिक विद्यालयले वडा नम्वर १४ मा रहेका हाट बजारमा अतिक्रमण हिसाबले बनाएका घरटहरा खाली गर्न ३५ दिने सुचना निकाले पछि वडा अध्यक्ष भरत बहादुर हमाल लगायत बसोबास गर्दै आएका व्यपारीहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडा अध्यक्ष हमाल अनुसार विद्यालयले जग्गा बमोजिमको रकम लिएर घर बनाउन दिउर एक्काएक निर्णय गरेर बर्षौदेखि घर बनाएर बस्दै आएका व्यपारीहरुलाई घर खाली गर्न आदेश दिएको गलत हो । विद्यालय पनि वडाको मातहत रहेकोले वडा संग कुनै किसिमको सल्लाह नगरी घरटहरा खाली गराउनु यस केही नकेही खेल भईरहेको हमालले बताए ।